काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वपा नेता मनिष झाले बताए । बैठकमा राष्ट्रिय भेलासहितका विषयमा छलफल हुनेछ ।
बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे छलफल हुने भएको छ ।
बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ । केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।
