काठमाडौं । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्ती पक्राउ परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई भदौ ४ गते बेलुका आठ बजे प्रहरीले पक्राउ गरेको हो ।
आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीले जनाएको छ ।
कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिए ।
