बुध, कार्तिक १९, २०८३
19.1 C
Kathmandu

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उक्त ठाउँमा आएको बाढी पहिरोले बन्द भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

जोखिमपूर्ण ठाउँमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका नागरिकले दुःख पाउने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज