आइत, कार्तिक २३, २०८३
12.1 C
Kathmandu

कुनै पार्टीसङ्ग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन- जगन्नाथ खतिवडा

काठमाडौं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेकपा माओवादीसँग पार्टी एकीकरणको कुरा नचलेको प्रष्ट पारेका छन् । उनले कम्युनिष्ट पार्टीहरुबीच समसामयीक राजनीतिक परिस्थितिका बारेमा छलफल चलिनै रहेको भएपनि पार्टी एकीकरणबारे कुरा अगाडि नबढेको बताएका छन् ।
‘कुनै पनि पार्टीसङ्ग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन । कम्युनिष्ट पार्टीहरुको बीचमा समसामयीक राजनीतिक परिस्थितिको विविध पक्षहरुमा समीक्षा गर्न छलफल चालिरहेकै छ,’– उनले भने ।

समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बीचमा न्युनतम सहकार्य अगाडि बढाउन पहल भने भइरहेको उनले प्रष्ट पारेका छन् । त्यो भन्दा बढि केही पनि नभएको उनको भनाइ छ । आफूहरुले एकीकृत समाजवादीलाई सबल बनाउने दिशा समाउने उनले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज