आइत, कार्तिक २३, २०८३
12.1 C
Kathmandu

परराष्ट्रमन्त्री डा आरजु राणा भारत भ्रमणमा जाने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले आफ्नो पहिलो विदेश भारतबाट सुरुवात गर्ने भएकी छिन् । भर्खरै भारतका विदेशसचिव विक्रम मिश्रीले नेपालको भ्रमण गरेका थिए । विदेशसचिव मिश्रीले भारतीय विदेशमन्त्री डा. एश जयशंकरको निमन्त्रणा दिएपछि परराष्ट्रमन्त्री डा. राणा त्यसतर्फ जाने तयारीमा रहेको उच्च स्रोतको दाबी छ ।

मन्त्री राणा भदौ पहिलो साता भारत जानेगरि तयारी थालिएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नै मन्त्री राणाको भारत भ्रमण स्विकृत गर्ने परराष्ट्र मन्त्रालयनिकट उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भने थाईल्याण्ड हुने जनाईएको छ । तर, थाईल्याण्डमा भर्खरै प्रधानमन्त्रीले राजीनामा दिनुपरेको छ । यस्तो अवस्थामा विमस्टेक सम्मेलन नै प्रभावित हुने चर्चा पनि चलिरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज