काठमाडौं । बागमती प्रदेश अन्तर्गत आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चितवनमा आयुर्वेद फार्मासिस्ट दाबेदार हुदा हुँदै प्रलोभनमा परेर एलोप्याथी फार्मेसी पढेकोलाई नियुक्ति दिएका छन् ।
आयुर्वेद क्षेत्रलाई नै असर पर्ने गरी आयुर्वेद अस्पतालमा प्रमुखलेनै एलोप्याथी फार्मेसी पढेकालाई नियुक्ती दिएका हुन् ।
आयुर्वेद फार्मासिस्ट माग गर्नु पर्ने अस्पतालमा एलोप्याथीलाई नियुक्ति दिनु कत्तीको जायज छ त ?
आयुर्वेद सम्बन्धि ज्ञान हासिल गरेको आवेदन हुदा हुँदै एलोप्याथी पढेको लाई नियुक्ती गर्दा के गर्दै छ बागमती प्रदेश स्वास्थ मन्त्रालय ?
पावर र पहुचको भरमा जनताको स्वास्थ सङ खेलवाड गर्नु सरासर गलत हो । विभिन्न प्रलोभनमा परेर एलोप्याथी फार्मेसीलाई नियुक्ती दिनेलाई हदै सम्मको कारवाही हुन जरुरी छ । आयुर्वेद पढेकालाई जत्तीको ज्ञान अरुलाई हुनै सक्दैन । आयुर्वेदको ज्ञान भएकाले त्यो क्षेत्र बिगार्छ भन्नु गलत हो ।
