आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो तर शान्ति स्थापित भयो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनको भने, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन।’

प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे। ‘बिनाकुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुपर्‍यो। मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बच्यो। शान्ति स्थापित भयो। त्यस कुरामा मलाई गर्व छ।’

सम्बन्धित समाचार

ताजा न्यूज