काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।
ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ ।
‘पार्टी विरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो रु’ ढकाललाई स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।
आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरुबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाले जनाएको छ ।
‘पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरु समेतबाट देखिएको छ,’ ढकाललाई पठाइएको पत्रमा भनिएको छ ।
रास्वपाले मुकुललाई पठाएको पत्र –


