आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्दैछ ।

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज