आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

ट्रकमा च्यापिएर चालकको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरिएको १२ चक्के ट्रक दुर्घटना हुँदा त्यसका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक शम्भुनाथ–५, मोहनपुर पुलबाट २० मिटर तल खसेको थियो । ट्रकभित्र च्यापिएर घटनास्थलमा नै चालक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए । रासस

सम्बन्धित समाचार

ताजा न्यूज