बुध, भदौ ३१, २०८३
20.1 C
Kathmandu

अविरल वर्षाको कारण बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाको कारण बीपी राजमार्ग अवरुद्ध भएको छ।

मंगलबार बिहान सवा- ११ बजे काभ्रेको रोशीमा लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका-११ माम्तीस्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले दुबै तर्फको सडक अवरुद्ध भएको छ।
घटनास्थलमा अहिले ट्राफिक प्रहरीसहितको प्रहरी टोली खटिएको छ। स्थानीय तह र सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज