काठमाडौं। काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र महिला र पुरुष मृत फेला परेका छन्।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले झर्ना गेस्ट हाउसमा बाजुराको त्रिवेणी-४ का २३ वर्षीय भरत बहादुर सार्की र अन्दाजी २० वर्षीया करिश्मा सार्की मृत भेटिएको बताए।
प्रहरिका अनुसार करिश्मा घाँटी काटिएको अवस्थामा र भरत सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरु साउन १५ देखि उक्त गेस्ट हाउसमा बस्दै आएका थिए।
शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न प्रहरी पुगेको थियो।
