शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

२४ घण्टापछि समातियो मान्छे मार्ने हिंस्रक बाघ

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई शुक्रबार नियन्त्रणमा लिएको छ।

बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो।

बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। यसअघि बाघलाई ड्रोनबाट हेरिएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज