शनि, कार्तिक १५, २०८३
14.1 C
Kathmandu

बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज