शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

मेरो उपस्थिति बिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ- मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न निर्वाचन आयोगलाई पत्र लेखेका छन्।

आइतबार निर्वाचन आयोगमा दर्ता भएको पत्रमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले यदी त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न उनले आग्रह गरेका छन्।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका छन्।

‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका छन्।

साथै, उनले आफ्नो उपस्थितिबिना बसिएको कुनै पनि बैठक अवैधानिक हुने पनि पत्रमा उल्लेख गरेका छन्।

‘मैले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले मेरो अनुमति वा उपस्थिति बिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ,’ उनले भनेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज