शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

कीर्तिपुरका मेयर नकर्मीको निधनमा उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा आज काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ।

मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको उपचारका क्रममा गत बिहिबार वीर अस्पतालमा मृत्यु भएको थियो।

उक्त शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले सूचना जारी गरी आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक कार्यालय बन्द रहने जानकारी दिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज