शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

जनकपुर रेलको लिकमा परेर एक युवकको दुवै खुट्टा गुम्यो

काठमाडौं । भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर अन्दाजी ३५ बर्षिय श्रीराम दासको दुवै खुट्टा गुमेको छ ।

जनकनन्दनी गाउँपालिका – ३ महुवाका दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।

रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।

रेलको लिक छेउबाट हिड्ने बाटो छ । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरीले जनाएको छ ।

दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज