शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरेको हो । . यसमा संस्थागततर्फको उक्त सीमा मात्र खारेज हुने राष्ट्र बैंकले जनाएको छ।

‘हामीले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि २० करोडको सीमा खारेज गरे पनि लगानीलाई व्यवस्थापन गर्दै सन्तुलित बनाउन व्यक्तिगततर्फ पुरानै कायम गरिएको हो’गभर्नर महाप्रसाद अधिकारीले भने ।

मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज