काठमाडौं । सरकारले भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरेको छ। कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपालीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरेको जानकारी गराएका छन्।
सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय रहेका छन् ।
‘मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ, ‘उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद’ ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
