शुक्र, कार्तिक ७, २०८३
19.1 C
Kathmandu

ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि

काठमाडौं । ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको छ ।

केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाले बताए ।

‘भर्खर रिपोर्ट आएको छ’ बसौलाले भने, ‘तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ।’ उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए।

अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए। यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज