बुध, भदौ ३१, २०८३
24.1 C
Kathmandu

त्रिशूलीमा बेपत्ता बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को टोलीले फेला पारेको सशस्त्र प्रहरी जानकारी दिएका छन् ।

बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन ।

भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । यो सँगै हालसम्म २३ जना यात्रुको शव फेला परीसकेको छ ।
२८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका २९, सिमलतालमा पहिरो गएको थियो ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।

सम्बन्धित समाचार

ताजा न्यूज