बिहि, अशोज १, २०८३
25.1 C
Kathmandu

चन्द्र भण्डारीको प्रश्न- कांग्रेस र एमालेको सरकार सफल भएन भने कसलाई दोष दिने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका छन् । दायाँ हातको कान्छीऔँला बांगो भएका कारण त्यहाँ उनको अपरेसन गर्न लागिएको हो । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा जलनको उपचार गराएर केही समयअघि उनी फर्किएका थिए ।

कांग्रेस नेता डा. शेखर कोइराला भण्डारीलाई भेट्न बुधबार उनकै निवासमा पुगेका थिए । राजनीतिक कारण नभएर आफ्नो स्वाथ्य उपचारका विषयमा मात्र भेट्न आएको उनले बताए ।

आफू मन्त्रीको आकांक्षी नै नभएको भन्दै उनले मिडियाले विभिन्न व्यक्तिसँग कुरा गरेर हचुवामा नाम मात्र लेखिदिएको जिकिर गरे । नयाँ सत्तासमीकरणबारे सभापति शेरबहादुर देउवालाई सुझाव भने दिएको उनले सुनाए ।

आफू पद नपाए पार्टी वा नेतृत्वलाई समस्यामा पार्छु भनेर धम्की दिने पात्र नभएको उनले बताए । नेतृत्वले पार्टी र देशको हितमा काम गर्ने ल्याकत भने राख्नुपर्नेमा उनले जोड दिए ।

“कांग्रेस र एमालेकोे सरकार बनिसक्यो, यो सरकार पनि सफल भएन भने कसलाई दोष दिने रु नागरिकको निराशा चिर्न सकिएन भने विकल्प के हुन्छ ?,” भण्डारीले भने, “योभन्दा शक्तिशाली विकल्प अहिलेका लागि छैन । यस्तो होे भने यसलाई सफल बनाउन नेताहरू लाग्नुपर्ने हो । राम्रा मान्छे छान्नुपर्ने हो । तर, हाम्राकै खोजी गरेर परिणाम हात लाग्दैन ।”

सम्बन्धित समाचार

ताजा न्यूज