काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरु छलफलमा जुटेका छन् ।
आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठबीच छलफल भएको हो ।
