काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।
देउवा ओली भेट्न शनिबार अपराह्न बालकोट पुगेका थिए ।
कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले एकापसमा छलफल र संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले संक्रमणकालीन न्याय ९टीआरसी० राजनीतिक सहमतिमै टुंग्याउन छलफल गर्दै आएका थिए । यसैबीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
