बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

सानो पार्टी हुन्छ, थोरै पद, यो विषयलाई अन्य हिसाबले लिन जरुरी छैन- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वभाविक भएको बताएका छन् ।

पार्टीको दशौं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी ठूलो हुँदै गएपछि पदाधिकारी संख्या थप्नुपरेको प्रतिक्रिया दिए ।

‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन’, उनले भने ।

एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या थप गरेर २१ बनाएको छ ।

अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरुले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए ।

‘कोही रेष्टुरामा जान्छन्, कोही होटलमा जान्छन् । छलफल गर्छन्, चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामी कहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटलहरु पनि भरिएका होला’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज