आइत, कार्तिक ९, २०८३
21.1 C
Kathmandu

रास्वपाको अनुशासन आयोगले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको छ । महामन्त्री ढकालले देश दौडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन् ।

ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज