सोम, कार्तिक १०, २०८३
18.1 C
Kathmandu

स्वपाबाट राजदूत बन्न आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय स्वतन्त्र पार्टीको कोटाबाट राजदूत आवेदन दिने आज अन्तिम दिन रहेको छ । राजदूत बन्न दुई सय बढीले आवेदन दिएका छन्। रास्वपाले राजदूत सिफारिस मापदण्ड नै तय गरेर राजदूत बन्न चाहनेलाई आवेदन खुलाएको थियो।

गत सोमबारबाट रास्वपाले खुलाएको अनलाइन प्रक्रियामार्फत लगभग दुई सय बढीले आवेदन दिएको स्रोतले जनाएको छ । भोलि दिनभर आएका आवेदनहरू अध्ययन गरेर सकेसम्म आइतबार नाम पार्टीमा सिफारिस गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

रास्वपाले मापदण्ड तयार पार्नका लागि खनालको संयोजकत्वमा सोविता गौतम र प्रा।डा। अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनेको थियो। कार्यदलले रास्वपा उपसभापति समेत रहेका सांसद डा। स्वर्णिम वाग्लेसँग अन्तिम छलफल गरेर नाम टुंगो लगाउनेछ।

राजदूत नियुक्तिका लागि विभिन्न ७ मापदण्ड तय गरिएको छ। सरकारले गत शुक्रबार ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ। गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ४ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ।राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ।

खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफरिस हुन बाँकी छ। रास्वपाले यिनै चारमध्ये दुई देशमा राजदूतको नाम प्रस्ताव गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज