आइत, कार्तिक ९, २०८३
19.1 C
Kathmandu

एमालेले समृद्धि नेपाल, सुखी पूरा गर्ने ०८४ अभियानमा क्रियाशील छ- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले समृद्धि नेपाल, सुखी पूरा गर्ने ०८४ अभियानमा क्रियाशीलरहेको बताएका छन् ।

गोदावरी नगर कमिटीको नवनिर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले भने, ‘हामी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाऔँ भनिरहेका हुन्छौँ तर, भन्न अप्ठ्यारो लाग्ने कुरा छ हामी आफैँ चुनावका बेलामा भावनामा बग्छौँ, आफ्नै उम्मेदवारलाई हराउन लाग्छौँ । आफ्नै उम्मेदवारका विरुद्ध भित्रभित्र खुसखुस गरेर एउटा अभियान चलाउँछौँ । अब उप्रान्त त्यस्तो हुनेछैन।’
उनले अहिले एमालेले समृद्धि नेपाल, सुखी पूरा गर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्न मिसन ०८४ अभियानमा क्रियाशील रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज