आइत, कार्तिक ९, २०८३
19.1 C
Kathmandu

टेरामक्स खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको मोहन बस्नेतको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रणाली खरिदमा भएको अनियमितताका आफू संलग्न नभएको जिकिर गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

दुरसञ्चार क्षेत्रको कम आवागमनमा हुने राजस्व चुहावट रोक्न यो प्रविधि खरिद गरिएको जिकिर गर्दै त्यसमा आफू संलग्न भएको बताएका हुन् ।टेरामक्स प्रणाली खरिद नहुदा मुलुकमा वार्षिक २५ अर्ब बढी राजश्व चुहावट भइरहेको उनको जिकिर थियो ।

‘यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने रोक्ने विधि होइन भने अर्को विधि के हो रु यसकारण मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ’ उनले भने, ‘२५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने अथवा यसलाई विषयान्तर गर्न खोजेको हो भविष्यले बताउला ।’

टेलिकम क्षेत्रको आवागमन कलमा भएको चुहावटले २५ अर्ब नोक्सानी भएको भन्ने दावीवारे उनले आधिकारिक विवरण भने पेश गरेनन् । उनले भने, ‘यो टेरामक्स नभएसम्म कलबाइपास गर्ने काम भइरहन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज