शुक्र, कार्तिक २१, २०८३
22.1 C
Kathmandu

ललितपुर कुम्मेश्वरको एउटा घरमा आगलागी

ललितपुर कुम्मेश्वरको एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा सोमबार आगलागी भएको हो ।

बज्राचार्यको तीनतले घरमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौंका ६ दमकल प्रयोग गरिएको थियो । “क्षतिको यकिन विवरण आइसकेको छैन,” उनले भने ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास ‘लिक’ भएर आगलागी भएको बताए । उक्त क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुन सक्ने उनको भनाइ छ । रासस

सम्बन्धित समाचार

ताजा न्यूज