काठमाडौं। धर्मगुरुको नामले परीचित पुष्कर खतिवडा धरौटीमा छुटेका छन्।
खतिवडा २५ हजार धरौटीमा रिहा भएका छन् । गत साउन १४ गते नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए।
