बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

धुलीखेल अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलीखेल अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ।

अपरेसनबाट बच्चा निकालिएकी नमोबुद्ध नगरपालिका–९ का कान्छामान लामा तामाङकी श्रीमती ३० वर्षीया माईली माया तामाङ र उनको नवजात शिशुको मृत्यु भएको हो।

३२ हप्ता ४ दिनकी गर्भवती माईलीको देखिनै मेथिनकोट अस्पताल भकुण्डेमा चेक जाँच गरेकोमा साउन ७ गते बिस्तृत चेक जाँचका लागि धुलिखेल अस्पताल ल्याइएको थियो।
आमा र नवजात शिशुको अवस्था राम्रो नभएकोले साउन ९ गते साँझ उनको अप्रेसन गरी बच्चा निकालेकोमा १ः२० बजे मृत्यु भएको थियो ।

पछि आमाको समेत अवस्था गम्भीर भई आईसीयूमा राखी उपचारको क्रममा सोही दिन अन्दाजी ३ः१५ बजे मृत्यु भएको थियो । सो विषयमा अस्तालमा तनाव भएपछि गरिएको छलफलसमेत निष्कर्षविहीन भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज