काठमाडौं । वाग्मती प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भए पनि काठमाडौं उपत्यकामा भने मौसम साधारणतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको अपराह्नपछि वर्षा हुनेछ ।
“काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुनेछ,” मौसमविद्भ न्छन्, “काठमाडौंमा २ बजेपछि हल्का वर्षा हुनेछ । करिब दुईतीन घण्टा वर्षा हुनेछ ।”
काठमाडौंमा राति पनि वर्षा हुने उनी बताउँछन् । “काठमाडौंमा आजजस्तै भोलि पनि वर्षा हुनेछ,” उनले भने, “शनिबार र आइतबारको तुलनामा सोमबार काठमाडौं उपत्यकामा कम वर्षा हुनेछ ।”
विभागका अनुुसार आज बिहान वाग्मतीसँगै कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
