बिहि, अशोज १, २०८३
23.1 C
Kathmandu

नयाँबानेश्वरमा गुडिरहेको बसबाट धुँवा

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।

‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ,’ नयाँबानेश्वर प्रहरीले जानकारी दिएको छ ।

अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज