काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई उद्धार गरेको हो ।
मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ । ‘उनी विदेश जान चाहेका रहेछन् तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाउन नसक्ने बताएपछि आत्महत्या गर्न खोजेको देखियो,’ एसपी सुवेदीले भने ।
