आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

आजको मौसम…

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

बिहीबार बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभरका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज