काठमाडौं । काठमाडौं सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।
सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ ।
आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो ।
मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि चालक भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।
खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ ।
