काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरिएको छ । कुपण्डोलस्थित छतले भवनबाट आइतबारदेखि सुरक्षित गर्भपतन, परिवार नियोजन सेवा दिन थालिएको हो ।
भवनको भुइँ तलामा हेल्प डेस्क, टिकट काउन्टर, फार्मेसी, ओपीडी, भिडियोे एक्सरे र ल्याब सेवा छन् । पहिलो र दोस्रो तलामा सुरक्षित गर्भपतन र परिवार नियोजन सेवा सञ्चालन गरिएको छ ।
तेस्रो तलामा तालिम हल र सिमुलेसन ल्याब राखिएको छ । चौथो र पाँचौँ तला छात्रावासका निम्ति प्रयोग गरिएको छ । सबैभन्दा माथिल्लो तला किचनका निम्ति छुट्ट्याइएको छ । निःसन्तानपनसम्बन्धी सम्पूर्ण सेवा (आईभीएफ) र नर्सिङ क्याम्पस पनि कुपण्डोलबाटै सञ्चालित छन् ।
स्त्रीरोगसम्बन्धी ओपीडी, गर्भवती, प्रसूति र नवजात शिशुबारेको सेवा भने थापाथलीस्थित पुरानै भवनबाट दिइँदै छ ।
