बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको एकल उम्मेदवारी परेपछि ँ निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा लामिछानेले मात्र मनोनयन पत्र दर्ता गरेकाले निर्विरोध निर्वाचित भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले बताए ।

लामिछानले वरिष्ठ नेता बालेन शाहलाई प्रस्तावक राखेर मनोयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि दुवैले निर्वाचन आयोग सचिवालयको बरन्डामा आएर हात हल्लाएका थिए ।

लामिछानेले रास्वपाको उपलब्धिलाई परिणाममा बदल्नुपर्नेमा जोड दिएका छन् । चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीलाई प्राप्त उपलब्धिलाई परिणाममा बदल्न सबैले त्याग गर्नुपर्ने बताए।

‘अब हाम्रासामु दुईवटा विकल्प छन् । यो उपलब्धिलाई लिएर यसको महिमा गान गाएर हिँड्ने कि यो उपलब्धिलाई परिणाममा बदल्ने रु हाम्रासामु यी दुई चुनौती छन्,’ उनले भने।

अघिल्लो पुस्ताको जस्तो आजको राजनीति कठिन नभएको उल्लेख गर्दै उनले थपे, ‘हिजोको जस्तो आजको राजनीतिक यात्रा कठिन यात्रा होइन। अघिल्लो पुस्ताको राजनीतिक यात्रा अत्यन्त कठिन थियो। ज्यानलाई जोखिममा राख्नुपर्थ्यो, जेलनेल भोग्नुपथ्र्यो। सहिद हुनुपर्थ्यो । शरीरभरि गोलीका छर्रा बोकेर बाँच्नुपर्थ्यो।’

चाहना राख्दैमा र सपना देख्दैमा आफैँ पूरा नहुने प्रस्ट पार्दै सभापति लामिछानेले नेता कार्यकर्तालाई गुट–उपगुटमा नलागी एक भएर अघि बढ्न आग्रह गरे।

सम्बन्धित समाचार

ताजा न्यूज