आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसुचि…

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने बैठकको कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस हुनेछ । उक्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार

ताजा न्यूज