आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

राष्ट्रियसभा प्रश्नोत्तरमा क–कसले दिँदैछन् जवाफ ?

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम रहेको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अन्य कार्यसूची पनि छ ।

सम्बन्धित समाचार

ताजा न्यूज