आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

माओवादीसँग वार्ता गर्दा कारबाही गर्नुपर्छ भन्ने केपी ओली भएको नेपालको दावी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग वार्ता गर्दा आफूहरुमाथि कारबाहीको माग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए ।

“राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गरेर कुराकानी गरेको थिएँ,” उनले भने, “लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो । त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र रु तर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने थियो ।”

सम्बन्धित समाचार

ताजा न्यूज