काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक जारी छ ।
पछिल्ला समसामयिक राजनीतिक घटनाबारे छलफल भइरहेको जनाइएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयक पारित गर्नुअघि शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यसअघि सभापति रवि लामिछानेले पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।
यसबाहेक बैठकमा सदन र पार्टी संगठनलाई अगाडि सुदृढ बनाएर जाने आगामी रणनीतिबारे पनि छलफल भइरहेको जनाइएको छ ।
