बिहि, अशोज १, २०८३
27.1 C
Kathmandu

स्वस्थ बीमाको रकम ५ लाख पुर्याउन मन्त्री पौडेलको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् ।

उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने सकिने उनले बताए ।

मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए ।

पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज