काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारमाभित्र निर्माणधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न सुझाब दिएका छन् । मंगलबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै मन्त्री सिंहले निर्माणका लागि देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न सुभाब दिएका छन् ।
सदनको अगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । प्रयाप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाइ भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए ।
उनले भने, सहजीकरण गर्न मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्यो।
सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफूले समाधानका लागि पहल गर्ने जिकिर गरेका हुन् ।
त्यस्तै मन्त्रालयका सचिव मणिराम गेलालले प्रयाप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरु छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटकपटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएका छन् ।
