शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

सांसदमा राजकिशोर यादवको प्रश्न- नागरिकको मृत्युपछि पनि वर्गीय विभेद किन भयो ?

काठमाडौं — सांसदहरुले नागरिकको मृत्युपछि पनि वर्गीय विभेद गरिएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् । राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने उनीहरुको माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नागरिकको मृत्युमा पनि राज्यले विभेद गरेको बताए ।

सांसदहरुले १८ जना यात्रुको मृत्यु हुँदा आधा झण्डा झुकाएर शोक मनाएको, तर ६२ जना यात्रुको मृत्यु हुँदा त्यहाँ सरकार नभेटिएको बताए ।
१५ दिनको अन्तरमा दुई वटा दुर्घटना भए । दुवै घटनामा ठूलो जनधनको क्षति भएको छ, यी घटनाले सबैलाई शोकमा पारेको छ, उनले भने, तर सरकारले जहाज दुर्घटनामा परेर मरेका र बस दुर्घटनामा मरेका नागरिकहरुप्रति विभेदपूर्ण व्यवहार गर्‍यो । यस्तो किन भयो ? सरकारले बस दुर्घटनामा बेपत्ता नागरिकको शव खोज्न समेत तदारुकता नदेखाएको नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको भनाइ थियो ।

जहाज दुर्घटना भएको ४५ मिनेटमा सबैको उद्धार भइसकेको थियो । एकैछिनमा प्रधानमन्त्री, मन्त्रीहरुको लाइन पुग्यो । तर बस दुर्घटना भएको २१ हजार ६ सय मिनेट बितिसक्यो । त्यहाँ न प्रधानमन्त्री पुगेको छ, न मन्त्री पुगेको छ । त्यहाँ अझै दर्जनौँ नागरिकको शव भेटिएको छैन । खोजी कार्यमा ढिलासुस्ती भइरहेको छ । बस र जहाज चढ्ने नागरिकका बीचमा यस्तो विभेद किन गरिएको हो? उनले भने, नागरिकको मृत्युपछि पनि यस्तो वर्गीय विभेद किन गरिएको हो ?

जनमत पार्टीका सांसद अब्दुल खानले मरेका मान्छेहरुप्रति पनि राज्यले विभेद गरेको भन्दै सरकारको विभेदकारी व्यवहारप्रति प्रश्न उठाए ।

उनले भने, लगभग १५ दिनको अन्तरालमा दुई वटा ठूलो हृदयविदारक घटनाहरु भए । २८ असारमा त्रिशुलीमा दुई वटा बस डुबेर ६२ जनाको ज्यान गयो। अर्को साउन ९ गते काठमाडौं विमानस्थलमा जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । तर यी दुई वटा घटनामा मृत्यु भएकाहरुप्रति सरकारको व्यवहार किन विभेदपूर्ण रह्यो । यसरी जहाज चढ्ने र बस चढ्ने नागरिकका बीचमा राज्यले किन भेदभाव गर्‍योरु सरकारलाई मेरो प्रश्न छ ।

सम्बन्धित समाचार

ताजा न्यूज