शुक्र, कार्तिक १४, २०८३
18.1 C
Kathmandu

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुचि…

काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज