काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन्।
शुक्रवार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २० औँ स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे।
‘अब हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं । अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखेपनि त्यो भन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं भनिसकेपछि अब हामीले त्यही समूहले ज्ञान, सीप हासिल भइसकेको समूहले मुलुकमा कस्तो सहयोग पु¥याउन सकिन्छ भनेर खोजी पनि गर्नुपर्दछ,’ उनले भने ।
मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
‘एउटै कुरामा डिपेण्ड भएर बस्नुहुँदैन। समयसँगै हामी परिस्कृत हुनुपर्दछ। यहाँहरूको मुलुकले त्यो अपेक्षा गरेको छ। र गर्नु पनि पर्छ। त्यसो भएको हुनाले यहाँहरुले हिजो पु¥याएको योगदानको उच्च कदर गर्दै अब भोलि आउने कुराको नयाँ खोजी, नयाँ खोजका साथ पनि हामीहरुले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘उमेरको हिसाबले पनि २०, २५ वर्ष योगदान पु¥याइसकेपछि २५ वर्षको मान्छे ५० को हुनुभयो होला। त्यतिखेर ५० भएको ७५ वर्ष हुनुभयो होला। समय सापेक्ष विषयको खोजी गरौं। त्यसमा सरकार तपाईंहरूसँगै छ। म धेरै कुरा गर्न चाहन्न। म धेरै त भन्दिन।’
