बिहि, कार्तिक ६, २०८३
25.1 C
Kathmandu

घाइते क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे अस्पताल

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाका घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल पुगेका छन् ।

बुधबार साँझ केएमसी अस्पताल सिनामंगल पुगेर प्रधानमन्त्री ओलीले शाक्यको स्वास्थ्यबारे जानकारी लिएका हुन्। आज भएको विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको उपचार भइरहेको छ।

दुर्घटनामा उनीबाहेक विमानमा रहेका १८ जनाकै ज्यान गएको छ।

प्रधानमन्त्री ओली दुर्घटनाको खबर पाएलगत्तै बुधबार दिउँसो घटनास्थल त्रिभुवन विमानस्थल पुगेर घटनाबारे पनि जानकारी लिएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज