काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने बताएका छन् । कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपबारे जवाफ दिँदै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताए ।
सोमबार संसद वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले मध्यरातमा सहमति गर्नुको कारण के हो भन्दै कारण सोधेकी थिईन् ।
‘मध्यराति के आपत पर्यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो रु उनको भनिन्, के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र ?’
जवाफमा प्रधानमन्त्रीले भने मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ रु यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन । घडी अफ हुँदैन । थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् । यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं ।
